चालु वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान
काठमाडाैं | जेठ १५, २०८२
तस्बिर फाइल
काठमाडौं: चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.६१ पुग्ने अनुमान सरकारले गरे छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशतले हुने अनुमान गरिएको बताएका हुन् ।
चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने पनि उनले जानकारी दिए । जसमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत योगदान रहने पौडेलले उल्लेख गरे ।
चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १५१७ अमेरिकी डलर पुगेकोसमेत पौडेलले प्रतिनिधिसभाको बैठकमा जानकारी दिएका छन् ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

